प्रेस चौतारी नेपालको अध्यक्षमा पुन:बस्नेत



पोखरा ।प्रेस चौतारी नेपालको अध्यक्षमा गणेश बस्नेत अध्यक्षमा पुनः निर्बाचित भएका छन् ।

पोखरामा जारी चौतारीको नवौं राष्ट्रिय महाधिवेशनबाट बस्नेत अध्यक्षमा सर्बसम्मत निर्बाचित भएका हुन्।बस्नेत सात वर्षअघि भएको महाधिवेशनबाट अध्यक्ष निर्वाचित भएका थिए।

महाधिवेशनले १७ सदस्यीय पदाधिकारीसहित १५१ सदस्यीय केन्द्रीय कमिटी समेत निर्वाचित गरेको छ।१७ सदस्यीय पदाधिकारीमा उपाध्यक्षमा राजेश राई, गणेश पाण्डे, सविन प्रियासन र देविका घर्तीमगर महासचिवमा हिरामान लामा, उपमहाचिवमा सुरोजंग पाण्डे र राजु सुवेदी, कोषाध्यक्षमा ईन्द्र आचार्य तथा सचिवमा विक्रम लुइँटेल, कमल उपाध्याय, विष्णु तारुके, सुष्मा पौडेल, प्रदीप आचार्य, विष्णु शर्मा, लोक्सरी कुँवर र हरिबल्लभ नेपाल निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्