आजबाट कांग्रेसको एक महिने अभियान सुरु,जिल्ला जिल्लामा पुगे केन्द्रीय प्रतिनिधि



काठमाडौं।स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाली काँग्रेसले चुनावी अभियान ‘घर-घर जाऔं, काँग्रेस जिताऔं’ अभियान आजदेखि सुरु गरेको छ ।

यस क्रममा नेपाली काँग्रेसले देशका सबै जिल्लामा आजदेखि अभियान सञ्चालन गर्दैछ । अभियानका लागि पार्टिले ७७ जिल्लामा केन्द्रिय सदस्यहरु पनि खटाइसकेको छ ।केन्द्रीय प्रतिनिधिका रूपमा खटाईका केन्द्रीय सदस्यहरु सम्बन्धित जिल्लामा पुगिसकेको नेपाली कांग्रेसले जनाएको छ।

नेपाली कांग्रेसले समृद्ध लोकतन्त्रको विकास तथा संसदबाट पारित एमसिसीले नेपालको विकासमा पार्ने सकारात्मक भुमिकाका विषयवारे आम जनतालाई बुझाउने चुनावी एजेन्डा बनाएको छ ।

पार्टिले जारी गरेको ८ बुँदे चुनावी एजेन्डालाइ हरेक नागरिकको दैलोमा पुगेर आफ्ना कुरा प्रष्टसँग राख्ने अभियान काङ्ग्रेसले अघि सारेको हो ।अभियानका लागि नेपाली कांग्रेसले अघि सारेको आवधिक संसदको रक्षा, लोकतन्त्रका साथै सामाजिक-आर्थिक रुपान्तरण सम्बन्धी ८ बुदे चुनावी एजेण्डा सुनाइएको थियो ।

चुनावी अभियानका क्रममा काँग्रेसले मतदाताहरुलाई मतदानमा सहभागी हुन अपिल गर्ने, पार्टी भित्रको एकतालाई थप सौहार्दपूर्ण बनाउने, हरेक काँधलाई भारी, हरेक हातलाई जिम्मेवारीको नीतिलाई कार्यान्वयन गराउने, नेपाली काँग्रेसको नेतृत्वमा हासिल गरेका विगत र वर्तमानका राजनीतिक र आर्थिक उपलब्धिलाई जनस्तरमा राख्ने र नेकपाको सरकारले गरेका गलत कामलाई जनसमक्ष राख्ने, एमसीसी बारेको भ्रम चिर्ने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्