निर्बाचन आयोग : स्थानीय तह निर्वाचनमा भाग लिन ७९ दललाई मान्यता
निर्वाचन आयोगले स्थानीय तह निर्वाचन प्रयोजनका लागि ७९ दललाई मान्यता दिएको छ। आयोगको बिहीबार बसेको बैठकले निर्वाचनमा भाग लिन ७९ दललाई मान्यता दिएको हो।

स्थानीय निर्वाचन प्रयाेजनका लागि ८० राजनीतिक दलले निवेदन दिएकोमा ऋषि कट्टेल नेतृत्वको नेकपालाई भने मान्यता नदिने निर्णय गरेको आयोगले जनाएको छ।आयोगमा १ सय १० दल दर्ता भए पनि वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि ८० दलले निवेदन दिएका थिए।
आयोगले फागुन ५ देखि १५ गतेसम्म दल दर्ता आह्वान गरेको थियो।

