नेपाल विद्यार्थी संघका पूर्ब केन्द्रीय सदस्य कुलुङ सोलु कांग्रेसको जिल्ला सदस्यमा मनोनीत




सोलुखुम्बु । नेपाल विद्यार्थी संघका पूर्ब केन्द्रीय सदस्य सुर्य कुलुङ नेपाली कांग्रेस जिल्ला कार्य समिति सदस्यमा मनोनित भएका छन् ।

जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले पार्टी विधान २०१७ संसोधन सहितको धारा १२ को उपधारा ५ ख(२) अनुसार जिल्लाको महाकुलुङ गाउँपालिकाका लोकप्रिय नेता कुलुङलाई जिल्ला सदस्यमा मनोनित गरेका हुन् ।

मनोनयन गर्न बाँकी रहेको २ सदस्य मध्ये एकमा कुलुङलाई मनोनित गरेपछि अब एकजना मनोनीत गर्न बांकी रहेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।शेर्पाले यसअघि ६ कांग्रेस नेतालाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेका थिए।

प्रतिक्रिया दिनुहोस्