एमाले थुलुङदुधकोशीको तेस्रो पूर्ण बैठक : युवा संघ,अनेमसंघ र अनेरास्ववियुको पालिका कमिटी गठन

सोलुखुम्बु।नेकपा एमाले थुलुङदुधकोशी गाउँपालिका कमिटीको तेस्रो पूर्ण बैठक सम्पन्न भएको छ।
थुलुङ दुधकोशी गाउँपालिका कमिटीका अध्यक्ष उदय नारायण श्रेष्ठको सभापतित्व तथा सोलुदुधकुण्ड नगरपालिकाका उपमेयर समेत रहेकी १ नं प्रदेश कमिटी सदस्य कल्पना राईको प्रमुख आतिथ्यमा सम्पन्न बैठकले गाउँपालिका स्तरीय युवा संघ, अनेमसंघ र अनेरास्ववियु कमिटी घोषणा गरेको जिल्ला कमिटी सचिवालय सदस्य गोपाल घिमिरेले बताए।

घिमिरेका अनुसार ५१ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल गाउँपालिका कमिटीको अध्यक्षमा अर्जुन रोक्का चयन भएका छ्न भने उपाध्यक्षमा सागर राई सचिवमा सुवास राई र
सहसचिवको जिम्मेवारी विनाराम तामाङलाई दिइएको छ।

यसैगरी १३ सदस्यीयअनेमसंघको अध्यक्षमा खड्गकुमारी राई,उपाध्यक्षद्वयमा सुजिता मगर र प्रविता राई,सचिवमा सरस्वती राई ‘A’ सह सचिवमा अमृता राई र कोषाध्यक्षमा सरस्वती राई ‘B’ रहेको घिमिरेले बताए।

त्यसैगरी अनेरास्ववियु थुलुङदुधकोशी गाउँपालिका कमिटी १५ सदस्यीय गठन गरिएको छ। अनेरास्ववियु जिल्ला कमिटीका सचिब ङवाङतेन्जी शेर्पाका अनुसार कमिटीको अध्यक्षमा भलाकाजी तामाङ,उपाध्यक्षमा हाकिमध्वज बस्नेत,सचिवमा पल थुलुङ उपसचिवद्वयमा संजीव राई र सोनिकला राई तथा कोषाध्यक्षमा सरस्वतीराई रहेका छन् ।

बैठकमा जिल्ला सचिवालय सदस्य तथा गापा इन्चार्ज श्यामकुमार राई, जिल्ला सचिवालय सदस्य तथा अनेमसंघ सोलुखुम्बुका अध्यक्ष मोहनकुमारी कार्की,जिल्ला सचिवालय सदस्य एबं सोलु दुधकुण्ड नगरपालिका कमिटीका अध्यक्ष मिङमारछिरी शेर्पा, सचिवालय सदस्य घिमिरे,र जिल्ला कमिटी सदस्य रामचन्द्र कार्की,अनेरास्ववियु जिल्ला कमिटीका सचिब शेर्पा लगायतको उपस्थिति रहेको थियो ।

