माओवादी केन्द्र केन्द्रीय सदस्य मनोनयनको प्रस्तावमा बिबाद, ९७ मध्ये ५० जनाको नाममात्रै पारित
काठमाडौँ। नेकपा (माओवादी केन्द्र)को केन्द्रीय समितिमा मनोनीत गर्नका लागि प्रस्ताव गरेका मध्ये ५० जनाको नाममात्रै केन्द्रीय समितिले अनुमोदन गरेको छ।

काठमाडौंमा जारी केन्द्रीय समितिको सोमबारको बैठकमा दाहालले ९७ जनालाई केन्द्रीय समितिमा मनोनित गर्नुपर्ने भन्दै नाम प्रस्ताव गरेपनि हालका लागि ४७ जनाको नाम हटाएर ५० जनाको नाम पारित भएको हो।यसअघि दाहालले आफ्नै छोरी गंगा दाहाल र ज्वाइँ जीवन आचार्यसमेत केन्द्रीय सदस्यमा प्रस्तावित थिए।सोही आधारमा ९७ जना केन्द्रीय समितिमा मनोनीत भएकाहरुको सूची सार्बजनिक समेत भएको थियो।तर दाहालका छोरी-ज्वाईंसहित अन्य ४७ जनाको नाममा तीब्र बिबाद भएपछि अध्यक्ष दाहाल पछि हटेका छन्। जसमा महाधिवेशनमा केन्द्रीय प्रतिनिधि बनेका ३७ जना, ९ जना मधेसी र ४ जना दलित समूहबाट मनोनित भएका छन् ।
५० जना मनोनित भएसँगै माओवादी केन्द्रीय समिति सदस्य संख्या २ सय ९७ पुगेको छ । यसअघि २ सय ४७ सदस्यीय केन्द्रीय समिति थियो ।

