आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गर्ने शिक्षक पक्राउ



सन्धिखर्क।१५ बर्षीया आफ्नै विद्यार्थीलाई पटकपटक बलात्कार गरेको आरोपमा अर्घाखाँचीको एक विद्यालयका शिक्षक पक्राउ परेका छन् । अर्घाखाँची जिल्ला प्रहरी कार्यालयले विद्यालय र ती शिक्षकको नाम गोप्य राख्दै सार्वजनिक गरेको प्रेस विज्ञप्ति अनुसार जिल्लाको मालारानी गाउँपालिकाका ती शिक्षक २७ वर्षीय छन् ।त

त्यहाँका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक गणेश खनालले उक्त दिन निज शिक्षकले घर नजिकैको बर्षीयाजंगलमा लगेर ती विद्यार्थीलाई पहिलोपटक जबरजस्ती करणी गरेको जानकारी दिए । त्यसपछि पनि उनले पटकपटक बलात्कार गरेको प्रहरीको भनाइ छ । शिक्षकलाई पक्राउ गरी अदालतमा ६ दिन म्याद थप गरी अनुसन्धान अगाडी बढाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्