प्रतिनिधिसभा बैठक : निलम्बित प्रधानन्यायाधीस राणाबिरुद्द महाअभियोग सिफारिस समिति गठन (नामावलीसहित)



काठमाडौं । प्रतिनिधिसभाको अर्को बैठक यही फागुन २९ गते दिउँसो १ बजे बस्ने भएको छ । आजको बैठक सम्पन्न भएको घोषणा गर्दै सभामुख अग्निप्रसाद सापकोटाले सो जानकारी गराएका हुन् ।

आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सांसदको अवरोधबीच अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३१औँ वार्षिक प्रतिवेदन प्रस्तुत गरिएको छ।

प्रतिनिधिसभा बैठकले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमाथि अध्ययन गर्न ११ सदस्यीय महाअभियोग सिफारिस समिति गठन गरेको छ ।
बैठकले एमाले, कांग्रेस, माओवादी केन्द्र, एकीकृत समाजवादी, लोकतान्त्रिक समाजवादी र जनता समाजवादीका सांसदलाई समेटेर महाअभियोग सिफारिस समिति गठन गरेको हो ।

समितिमा एमालेबाट विष्णु पौडेल, लालबाबु पण्डित, शिवमाया तुम्बाहाम्फे, कृष्ण भक्त पोखरेल, कांग्रेसबाट मिनबहादुर विक, रामबहादुर विष्ट, माओवादी केन्द्रबाट यसोदा सुवेदी, रेखा शर्मा, एकीकृत समाजवादीबाट कल्याणी खड्का, लोसपाबाट एकवाल मियाँ र जसपाबाट प्रमोद साह छन् ।

बैठकमा सभामुख सापकोटाले बलात्कारको आरोप लागेका एमालेका सांसद मोहन बानियाँ निलम्बनमा परेको पत्र पढेर सुनाएका थिए ।

प्रतिक्रिया दिनुहोस्