कांग्रेस सत्तागठबन्धनसंगै निर्बाचनमा जांदैन,एक्लै चुनाब लड्छ : कोइराला



काठमाडौं।नेपाली काँग्रेसका नेता शेखर कोइराला आगामी तिनै तहका निर्बाचनमा कसैसँग गठबन्धन गर्न नसकिने बताएका छन् ।

संस्थापन इतर समूहले शनिबार विराटनगरमा आयोजना गरेको विचार गोष्ठीलाई सम्बोधन गर्दै कोइरालाले कांग्रेस भएर कम्युनिस्टलाई भोट हाल्न नसकिने स्पष्ट पार्दै कांग्रेस एक्लै चुनाबमा जाने बताएका हुन।

बिचार गोष्ठीमा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, नेताहरु चन्द्र भण्डारी, मिनेन्द्र रिजाल लगायतले सम्बोधन गरेका थिए ।

गएको २४–२८ मंसिरमा सम्पन्न काँग्रेसको १४औं महाधिवेशनमा कोइराला सभापतिका उम्मेद्वार थिए । उनको प्यानलबाट गुरुङले उपसभापति र थापाले महामन्त्री जितेका थिए । चन्द्र भण्डारी उपसभापतिमा र रिजाल महामन्त्रीमा पराजित भएका थिए । तिनै नेताहरुको भेला गरेर कोइरालाले संस्थापन इतर सक्रिय रहेको सन्देश दिएका छन् ।

कोइरालाले सत्ता गठबन्धन सँगै चुनावमा जान नसक्ने बताए । “संविधानलाई बिस्थापित गर्ने कोशिस भएपछि यो गठबन्धन बनेको हो” उनले भने, “काँग्रेस जिल्ला जिल्लामा नेताहरु एक्लै लड्नुपर्छ । काँग्रेस भएर कम्युनिष्टलाई भोट हाल्ने होइन ।” स्थानीय तह, प्रदेश र संघको चुनाव काँग्रेसले एक्लै लड्ने पनि कोइरालाले बताए ।

प्रतिक्रिया दिनुहोस्