नेशनल प्याब्सनको सचिवमा भिड्दै पराजुली

काठमाडौं।राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (नेशनल प्याब्सन) काठमाडौंका प्रमुख सल्लाहकार विष्णु पराजुली केन्द्रीय सचिब पदका लागि उम्मेदवारी दिने भएका छन् ।

२०७३ देखि २०७६ सम्म अध्यक्ष भएर काम गरेका पराजुलीले निजी विद्यालयको हकहितका क्षेत्रमा काम गर्ने उद्देश्यसहित आफुले उम्मेदवारी दिन लागेको रहस्यखबरलाई बताए।
एनप्याब्सनको राष्ट्रिय महाधिवेशन बाँकेको नेपालगञ्जमा फागुन २२ र २३ गते हुँदैछ।

