एमसीसी विकासका नाममा आएको साम्राज्यवादी हस्तक्षेप हो,ब्याख्यात्मक टिप्पणीको अर्थ छैन : बिप्लव



काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्र बिक्रम चन्द ‘विप्लव’ले महासचिव विप्लवले अमेरिकी सहायता परियोजना एमसीसी कुनै विकास अनुदान नभएर विकासको नाममा आएको साम्राज्यवादी हस्तक्षेप भएको बताएका छन् ।

शुक्रबार आठ राजनीतिक दलले काठमाडौंमा आयोजना गरेको विरोध सभालाई सम्बोधन गर्दै चन्दले संसदबाट पारित भएको राष्ट्रघाती एमसिसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने चेतावनी समेत दिए ।

एमसिसी पारित गरेसँगै संसद्को औचित्य समाप्त भएको भन्दै महासचिव चन्दले अब देशलाई जोगाउने दायित्व नेपाली जनताको काँधमा आएको बताए । उनले प्रचण्ड–माधव नेपालले एमसिसी संसदबाट पारित गराएर देश र जनताप्रति ठूलो घात गरेको आरोप लगाए । एमसिसी खारेज गर्नुपर्ने र त्यसका लागि सबैले आफूहरूलाई साथ दिनुपर्ने महासचिव चन्दको भनाइ थियो ।

महासचिव चन्दले भने, ‘कम्युनिस्ट भनिने नेताहरू, एमालेका नेताहरू, माओवादीका नेताहरूले देशलाई संसदबाट बेचिरहेका छन्। आजको दिनमा प्रचण्डको अनुहार सबैभन्दा हेर्नलायक छ । गरिब देशहरूमाथि यस्तो काम गर्नेछ । नेपाली जनताले एमसिसीको विरोध गरिरहेका छन् । हरेक पार्टीभित्र यसको विरोध भइरहेको छ । जनताले खारेजको माग गरेका छन् । तर नेपालका संसदहरूले देश बेचेर खान्छन् । त्यो सार्वभौम संसद् हो । यो संसद्को औचित्य सकियो । प्रचण्ड र माधव नेपालहरूले नेपाली जनतामाथि सबैभन्दा बढी घात गरे । एमसिसी लागू हुनेछैन । त्यो लागू हुन दिँदैनौँ । एमसिसी गुमनाम लागू हुन्छ भन्नु मूर्खता हो । यसलाई लागू गर्न नदिएर खारेज गरिदिनुपर्छ । नेपालको जीवनमा भयानक दुर्घटना लिएर आउँछ, एमसिसीले । संसद्ले देशको रक्षा गर्न सकेन । जनताले गर्नुपर्छ । हाम्रो यही आग्रह छ । १२ बुँदे व्याख्यात्मक टिप्पणीको कुनै अर्थ छैन । देशभक्त शक्तिहरू एक होऔँ ।’

प्रतिक्रिया दिनुहोस्