नेता रावलले दिए एमाले अध्यक्ष ओलीलाई कडा जवाफ



काठमाडौं । प्रतिपक्षी नेकपा एमालेका नेता भीम रावलले अध्यक्ष केपी ओली देशको पक्षमा बोलेर ‘महाहिरो’ भए आफू औँधी खुसी हुने बताएका छन् ।

देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा माथि हुने भन्दै बुधबार सामाजिक सञ्जाल ट्विटमार्फत् नेता रावलले भनेका छन्,- ‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुन खोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुने थिएँ । देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया।’

अध्यक्ष केपी शर्मा ओलीले पार्टी पार्टीद्वारा आयोजित पत्रकार सम्मेलनमा नेता डा.रावललाई पार्टीको अनुशासन उल्लंघन गरेर ‘हिरो’ बन्न खाेजेकाे आरोप लगाएका थिए।

पार्टीले संसद् अवरोध गर्दै गर्दा नेता रावल रोष्टममा गएर एमसीसीमाथि आफ्नो धारणा प्रस्तुत गरेका थिए । राष्ट्रघाटी एमसीसी कुनै पनि हालतमा पारित गर्न नहुने भन्दै उनी सत्तारुढ नेताविरुद्ध उत्रिएका थिए । यहीँ सन्दर्भलाई लिएर पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले रावल पार्टीको अनुशासन उल्लंघन गरेर हिरो बन्न खोजेको आरोप लगाएका थिए ।

प्रतिक्रिया दिनुहोस्