सुर्खेतमा हट्यो कर्फ्यु, केहि क्षेत्रमा निषेधाज्ञा जारी

बिरेन्द्रनगर।सुर्खेतमा सोमबारदेखि लगाइएको कर्फ्युको आदेश हटाइएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले सुचना जारी गरि कर्फ्युको आदेश हटाएको हो ।

सोमबार दिउँसोदेखी प्रदर्शनकारीले प्रहरीमाथि ढुंगामुढा गर्नुका साथै सार्वजनिक सम्पत्ति र पार्टी कार्यालयमा आगजनी गर्न थालेपछि जिल्ला प्रशासन कार्यालय सुर्खेतले वीरेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको थियो ।
दिनभरीको अवस्था हेर्दा कुनै अप्रिय घटना नभएको देखिएपछि सोमबार राति सवा ८ बजेबाट जारी कर्फ्यू ७ बजेबाट हटाइएको जिल्ला प्रशासन कार्यालय सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले जानकारी दिए ।
प्रशासनले केही क्षेत्रमा भने निषेधाज्ञा तोकेको छ । निषेधाज्ञा तोकेका क्षेत्रमा एरिचोक, मंगलगढी चोक र हटिया क्षेत्र रहेको छ । यी क्षेत्रमा पाँच जनाभन्दा बढी जम्मा हुन नदिने गरी साँझ ७ बजेबाट निधेषाज्ञा लागु गरिएको प्रमुख जिल्ला अधिकारी रिजालले जानकारी दिए ।

