बलात्कार आरोपी एमाले सांसद बानियाँ पक्राउ



काठमाडौं। नेकपा एमालेका सांसद मोहन बानियाँ पक्राउ परेका छन्।

जबरजस्ती करणी (बलात्कार)को आरोप लागेका प्रतिनिधि सभा सदस्य बानियाँलाई बाँके प्रहरीले पक्राउ गरेको हो। बानियाँले आफूलाई नेपालगञ्जको होटलमा बलात्कार गरेको दाबी गर्दै जुम्लाकी एक शिक्षिकाले बाँके प्रहरीमा जाहेरी दिएकी थिइन्।

महिलाको जाहेरीपछि जिल्ला अदालत बाँकेले बानियाँविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो। जिल्ला प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी उपरीक्षक श्यामकृष्ण अधिकारीले बानियाँ पक्राउ परेको पुष्टि गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्