राष्ट्रिय युवा संघ सोलुखुम्बुले बोलायो जिल्ला कमिटी बैठक



सोलुखुम्बु।राष्ट्रिय युवा संघ नेपाल सोलुखुम्बु जिल्ला कमिटीको दोश्रो पूर्ण बैठक आगामी चैत १ गते बस्ने भएको छ।

प्रत्येक स्थानीय तहका इन्चार्ज तथा अध्यक्षले आ-आफ्नो पालिका भित्र भएका सांगठनिक गतिविधि तथा भावी योजनाका बारेमा रिपोर्टिङ गर्ने गरि बैठक बोलाईएको राष्ट्रिय युवा संघ सोलुखुम्बुका अध्यक्ष प्रवेश किराँतीले जानकारी दिए।संघले त्यसअघि फागुन २८ गतेभित्र पालिका,वडा तथा टोल कमिटी गठन गरिसक्न निर्देशन समेत दिएको छ।

सम्बन्धित पालिका कमिटीको लेटर प्याडमा सम्पूर्ण स्थानीय तहको विवरण पठाउन निर्देश गर्दै संघले नेकपा एमालेले गरेका कामहरू जनताका बीचमा पुर्‍याँदै सृजनात्मक ढंगले अघि बढ्न आग्रह गरिएको अध्यक्ष किराँतीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्