सोलु एमालेले ‘म मेरो वडा जिताउँछु अभियान’ सन्चालन गर्ने




सोलुखुम्बु ।नेकपा एमाले सोलुखुम्बुले ‘म मेरो वडा जिताउंछु अभियान’ सन्चालन गर्ने भएको छ।

जिल्ला कमिटी अध्यक्ष डुफकुमार बास्तोलाको अध्यक्षता बिहिवार सम्पन्न नेकपा एमाले जिल्ला कमिटी सोलुखुम्बुको दोश्रो पूर्ण बैठकले आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्बाचनलाई मध्यनजर गर्दै जिल्लाभर सो अभियान सन्चालन गर्ने निर्णय गरेको हो।

बैठकले फागुन २० गतेसम्म पालिका कमिटीको बैठक बसि आवश्यक योजना निर्माण गर्ने, तह, २७ गतेसम्म वडा तहको् बैठक सम्पन्न गर्ने र २८ गतेसम्ममा ०७४ को घोषणापत्रको उपलब्धि समीक्षा आगामी योजना निर्माण गर्ने निर्णय भएको नेकपा एमाले नेचासल्यान गाउँपालिका कमिटी अध्यक्ष जगनाथ बास्तोलाले जानकारी दिए।

केन्द्रीय सदस्य मानबीर राई, नेकपा एमाले प्रदेश १ संसदीय दलका प्रमुख सचेतक बुद्धि कुमार राजभण्डारी, सांसद उत्तम बस्नेत प्रदेश कमिटीसदस्य महेश किराँती लगायतका नेताहरुको उपस्थितिमा सम्पन्न बैठकले जिल्ला कमिटीमा मनोनयन, सचिवालय तथा विभाग गठन एवम स्थानीय तहको ईन्चार्ज तोक्ने लगायतको निर्णय गरेको बास्तोलाले जानकारी दिए।

जिल्ला कमिटीको अर्को बैठक आगामी चैत ५ गते बस्ने एमाले सोलुखुम्बुले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्