राष्ट्रियसभा सदस्य शेर्पालाई नेकपा एमाले सोलुखुम्बुको सम्मान

सोलुखुम्बु। नेकपा एमाले सोलुखुम्बुले राष्ट्रियसभा सदस्य सोनामग्याल्जेन शेर्पालाई सम्मानित गरेको छ ।

नेकपा एमाले जिल्ला कमिटीको दोश्रो पूर्ण बैठकका अवसरमा बिहिवार अध्यक्ष डुफकुमार बास्तोलाले शेर्पालाई कदरपत्रसहित सम्मानपत्रले सम्मानित गरेका हुन।
शेर्पा गत माघ १२ गते सम्पन्न राष्ट्रियसभा निर्बाचनमा निर्बाचित एमालेका एक मात्र सांसद हुन।५ गठबन्धनकारी दलका उम्मेदवारलाई पराजित गरेका शेर्पा नेकपा एमाले प्रदेश कमिटी १ सदस्यको जिम्मेवारीमा रहेका छन्।सोलुखुम्बु उनको गृह जिल्ला हो।

