खुम्बु पासाङल्हामू : जनताबीच गरेका ९५ प्रतिशत प्रतिबद्धता पूरा गरेको काबा अध्यक्ष शेर्पाको भनाई
काठमाडौं।सोलुखुम्बु जिल्लाको खुम्बु पासाङल्हामू गाउँपालिकाका कार्यबाहक अध्यक्ष टासील्हामु शेर्पाले गत स्थानीय तहको निर्बाचन अभियानका क्रममा जनतासंग आफुहरुले गरेका प्रतिबद्धतामध्ये झण्डै ९५ प्रतिशत पूरा गरेको दावी गर्नुभएको छ ।

पूर्बप्रधानमन्त्री एबम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको प्रमुख आतिथ्यतामा राजधानीमा खुम्बु पासाङल्हामू गाउँपालिकाद्वारा आयोजित सम्मान तथा धन्यवाद ज्ञापन कार्यक्रमलाई सम्बोधन गर्नेक्रममा कार्यबाहक अध्यक्ष शेर्पाले सो कुरा बताउनुभएको हो।निर्बाचनको अभियानमा गरेका प्रतिबद्धता पूरा गर्नका लागि आफुहरुले अनेकौं चुनौतीको सामना गर्नु परे पनि खुम्बु पासाङल्हामू गाउँपालिकाबासीको सहयोग र सद्भावका कारण सहजै सोचेभन्दा ठूलो सफलता हांसिल गर्न सफल भएको वहाँको भनाइ थियो।
कार्यबाहक अध्यक्ष शेर्पाले सम्बोधनका क्रममा अगाडी भन्नुभयो ,- नेपालको राज्य पुनःसंरचना भइ ७५३ वटा स्थानीयतहहरुको स्थापना भएसँगै स्थापित खुम्बु पासाङल्हामु गाउँपालिकाको पहिलो जनप्रतिनिधिको रुपमा काम गर्ने सुनौलो अवसर खुम्बु पासाङल्हामूबासीहरुले हामीलाई प्रदान गर्नुभयो र हामि अहिले कार्यकालको अन्तिम आर्थिक बर्षमा छौं । हाम्रो कार्यकालको सुरुवातदेखि नै हाम्रो टिमको मुख्य उद्देश्य भनेको आम खुम्बुुबासीहरुले जुन आशा र विश्वासले निर्वाचित गराउनुभएको थियो, उक्त आशा र विश्वासलाई साकार पार्नु थियो।

हामी तपाईहरुका सपनाहरु साकार पार्न सँधै लागि रहने नै छौं । समृद्ध खुम्बु पासाङल्हामु गाउँपालिका निर्माण गर्ने हाम्रो अथकअभियान सँधै जारी रहिरहनेछ भने त्यस मध्येका थुप्रै योजनाहरुमा हामी सफल पनि भई सकेका छौं ।जुनअभियान र घोषणापत्र लिएर हामीले तपाईंहरुको मन जित्न सफल भयौं र सिंगो टिम बिजयी पनि भयौं । आजको मिति सम्मआइपुग्दा त्यस अभियान र घोषणापत्रमा उल्लेख भएका ९५ प्रतिशत भन्दा बढी कामहरु सम्पन्न भै सकेका छन भने त्यस अभियान र घोषणापत्रमा उल्लेख नभएका थुप्रै थप कामहरु पनि सम्पन्न गर्न हामी सफल भएका छौं ।
यो सफलता हाँंसिल गर्न हामीले अकल्पनीय चुनौतिहरुको पनि सामाना गर्नु पर्यो । कार्यकालको मध्यअवधिमा नपुग्दै हामीले हाम्रो नेतृत्व श्रद्घेय अध्यक्ष ङिमदोर्जि शेर्पालाई गुमाउनु पर्यो, शोकमा स्तब्ध टिमले आफुलाई सम्हालेर अगाडि बढन मात्र खोज्दै थियौं।त्यहिबेला सिंगो संसार कोरोना माहामारीले ठप्प बनायो । द्घन्दकालमा समेत सुन्य संख्यामा नपुगेको पर्यटनआगमन कोभिड १९ को कारणले गर्दा करिब करिब ठप्पै बन्द भएको अवस्थामा पुग्यो ।
नेपालकै पर्यटकीय गाउँपालिकाको रुपमा स्थापित हाम्रो गाउँपालिकाबासीको जिविकोपार्जन पर्यटन व्यवसायमै निर्भर भएको र गाउँपालिकाको मुख्य आन्तरिक स्रोत नै पर्यटन शुल्क रहेकाले कोभिड १९ का कारण हाम्रो गाउँपालिकाले अहिलेसम्मकै सबैभन्दा ठुलो आर्थिक क्षति ब्यहोर्नु पर्यो ।भौगोलिक रुपले अति विकट हाम्रो गाउँपालिका केन्द्र सोझो रुपमा हालसम्म पनि सडक सञ्जालसँग नजोडिदा सबै सामागरि हवाइजहाज र हेलिकप्टरमार्फत ढुवानी गर्नु पर्ने बाध्यता रहेको छ । सामान ढुवानीको लागि मात्र प्रतिकिलो १०० रुपैयाँ भन्दा महँगो हवाइ भाडातिर्नु पर्ने, अझ वडाका कुनै कुनै स्थानहरुमा सामान ढुवानिको लागि मात्र प्रतिकिलो ३०० रुपैयाँ भन्दा महँगो पर्ने भएकोले बिकास निर्माणमा सिमित श्रोतमा विकास निर्माणका धेरै कार्य गर्न नसकिने तितो यथार्थ र अनुभव पनि हासिल गर्यौं ।
हाम्रो गाउँपालिका भौगोलिक हिसाबले सोलुखुम्बु जिल्लाको झण्डै आधा भूभागओगटेको, प्रदेश नं. १ कै दोस्रो ठुलो र देशकै चौथो ठुलो गाउँपालिका हो । राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक प्रतिवेदनअनुसार कुल जनसंख्या नौ हजार दुई सय छब्बीस जना मात्र रहेको छ ।
नेपाल सरकारबाट बजेट विनियोजन हुँदा जनसंख्यालाई आधार मानि बजेट विनियोजन गरिने भएको तर हाम्रो गाउँपालिकामा सामान्यअवस्था रहँदा करिब ६५ हजार पर्यटक, २० हजार पर्यटन व्यवसायी तथा रोजगारको सिलसिलामाअस्थायी रुपमा खुम्बु क्षेत्रमा भित्रिने गर्दछन् । तर खुम्बुका करिब ९ हजार जनसंख्यालाई आधार मानि विनियोजन गरेको बजेटबाटै करिब ९० हजार जनसंख्यालाई आधार मानि पूर्वाधार निर्माण गर्ने कार्य हाम्रा लागिअर्को चुनौतीको विषय रहेको छ ।
थुप्रै चुनौतिहरुका बावजुद पनि यो साँढे चार बर्षको अवधिमा हामीले सोचे भन्दा बढी नै सफलता हाँसिल गरेको मैंले महशुस गरेकी छु । माप्यदूधकोशी गाउँपालिका र खुम्बु पासाङल्हामू गाउँपालिकाको संयुक्त पहल तथा लगानीमा हामीले दूधकोशी नदीको ओर्लाङघाटमा माप्य-खुम्बुु मितेरी सडक पुल निर्माण गर्न सफल भयौं । माप्य-खुम्बु लगानीमा दूधकोशीदेखि खरिखोलासम्मको ९ किमि सडकको ट्रयाकओपन गर्ने कार्य,खरिखोलादेखि थाडाँडासम्म कडा चट्टान फोर्दै १६ किमि सडक निर्माण गर्ने कार्य, विभिन्न ट्रेकिङ ट्रेल निर्माण,सार्वजनिकशौचालय निर्माण, बसपार्कका लागि जग्गा व्यवस्थापन, सगरमाथा तथा अन्य हिमालहरुको सरसफाई लगायतका विकास निर्माणका गतिविधिहरु सम्पन्न गरेका छौं ।गाउँपालिका र जिल्लास्थित तिनै जना माननीय सांसदहरुको सहयोग र पहलमा खुम्बु पासाङल्हामू गाउँपालिकाको नाम्चेमा सवस्टेशन रहने गरी विद्युत विस्तारका लागि टेण्डर समेत आह्वान भई सकेको व्यहोरा जानकारी गराउन पाउँदा म आफू पनि हर्षित भएको छु ।
सम्पुर्ण गाउँपालिकाबासी आम नागरिकहरुको बिकासप्रतिको लगाव र मायाले हामी कहिँ कतै चुकेनौं र सबै योजना सफलतापूर्वक सम्पन्न गर्न सक्यौं।’
हिउंदको समयमा अधिकांश गाउँपालिकाबासीहरुको बसोबास र सहयोग गर्ने संघ संस्थाको कार्यालय पनि काठमाडौंमा रहेका कारण सम्मान तथा प्रशंसापत्र बितरण कार्यक्रमको आयोजना राजधानीमा गरिएको स्पष्ट गर्दै कार्यबाहक अध्यक्ष शेर्पाले गाउँपालिका सल्लाहकार समितिका संयोजक सोनाम ग्याल्जेन शेर्पा इतिहासमै पहिलो पटक सोलुखुम्बुबाट राष्ट्रिय सभा सदस्यको रूपमा प्राप्त गर्दा काम गर्नका लागि थप प्रेरणा र हौसला प्राप्त भएको बताउनुभयो।सो कार्यक्रममा ५३ जनालाई सम्मान र ३ सय ७५ जनालाई सम्मानित गरिएको थियो।
सो कार्यक्रममा सोलुखुम्बुका संघीय सांसद हेमकुमार राई ुसुरबीरु,राष्ट्रिय सभा सदस्य सोनामग्याल्जेन शेर्पा,प्रदेशसभा सदस्यहरु बुद्धिकुमार राजभण्डारी र उत्तमकुमार बस्नेत,नेकपा एमाले प्रदेश १ कमिटी सदस्यत्रय महेश किराँती,बच्चुनारायण श्रेष्ठ र बुद्धिकिरण राई लगायतको उपस्थिति रहेको थियो।

