सोलुखुम्बु : कांग्रेस जिल्ला कार्यसमितिमा ६ सदस्य मनोनीत

सोलुखुम्बु।नेपाली काँग्रेस जिल्ला कार्यसमिति सोलुखुम्बुको सदस्यमा ६ जनालाई मनोनीत गरिएको छ ।

जिल्ला सभापति नाम्गेल जाङ्बु शेर्पाले नेपाली कांग्रेसको बिधान २०१७ संशोधन सहितको धारा १२ को उपधारा ५ कोख( २) अनुसार उनीहरूलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनयन गरेको नेपाली कांग्रेस सोलुखुम्बुले जनाएको छ।
मनोनित हुनेहरूमा कृष्णप्रसाद निरौला, रामबहादुर बस्नेत, चन्द्रप्रसाद आचार्य, सरला राई, गणेशबहादुर बस्नेत र दावागेलु पाख्रिन छन्।यसअघि पार्टीका पूर्बसभापती बिनोदकुमार बस्नेतलाई जिल्ला कार्यसमितिको दोश्रो वरियतामा रहने गरि सदस्यमा मनोनीत गरिएको थियो।
सभापतिले ८ जना जिल्ला सदस्य मनोनित गर्न पाउने अधिकार भएपनि २ जना मनोनीत गर्न अझै बांकि छ। त्यस्तै १० जना आमन्त्रित जिल्ला सदस्य मनोनित गर्ने विधानमा ब्यवस्था रहेको छ ।

