क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल बिश्वकप छनौटको सेमिफाइनलमा प्रवेश




काठमाडौं । टी–२० विश्वकप छनोटमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल समूह बी बाट सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार ओमानको मस्कटस्थित अल अमेरात रंगशालामा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले १४.१ ओभरमै पूरा गर्दै सेमिफाइनलमा प्रवेश गर्न सफल भएको हो ।

भोलि (मंगलबार) फाइनल प्रवेशका लागि नेपालले युएईसँग भिड्दैछ । भोलि सेमिफाइनल प्रवेशका लागि नेपाल भर्सेस युएई र ओमान भर्सेस आयरल्याण्डबीच हुनेछ ।

खेलमा नेपालका लागि सन्दीप लामिछानेले ३, कमलसिंह ऐरी, अविनाश बोहराले समान २÷२ विकेट र कुशल मल्लले एक विकेट लिएका थिए ।

नेपालले १४ ओभर १ बलमा २ विकेट गुमाएर लक्ष्य पुरा गर्न सफल भयो । नेपालका कुशल भुर्तेललले ३४ र दीपेन्द्रसिंह ऐरीले २७ रन बनाए ।

प्रतिक्रिया दिनुहोस्