नेकपा (एकिकृत समाजवादी) एमसिसीको विपक्षमा मतदान गर्ने




काठमाडौं।एमसीसीको बिषयमा दोहोरो चरित्र प्रदर्शन गरेको चर्को आलोचना खेपिरहेको नेकपा (एकिकृत समाजवादी)ले संसदमा टेबल भएको एमसिसीको विपक्षमा मतदान गर्ने निर्णय गरेको छ।

प्रतिनिधिसभामा एमसीसी टेबुल भएको भोलिपल्ट सोमबार बसेको सो पार्टीको सचिवालय बैठकले एमसिसी निर्णयार्थ प्रस्तुत भएको अवस्थामा विपक्षमा मतदान गर्ने निर्णय गरेको सो पार्टीका प्रवक्ता जगन्नथा खतिवडाले जानकारी दिएका छन्।

उनले समयअभावका कारण आजको बैठक स्थगित गरिएको र भोलि पुनः बैठक बस्ने जानकारी दिएका छन्। एमसिसीका विषयमा पार्टीभित्र कुनैपनि अन्तरविरोध नभएको खतिवडाले बताए।

अध्यक्ष माधव नेपाल र नेता झलनाथ खनालबीच कुनैपनि अन्तरविरोध नभएको बताउँदै एमसिसीको विषयले पार्टी एकतामा संकट पैदान नहुनेसमेत जिकिर गरेका छन्।

प्रतिक्रिया दिनुहोस्