यस्तो छ नेपाल बारको निर्बाचन कार्यतालिका



काठमाडौं।कानुन ब्यबसायीहरुको छाता संगठन नेपाल बार एशोसियसनको निर्बाचन कार्यतालिका सार्बजनिक भएको छ।चैत १९ गते हुने निर्बाचनका लागि निर्वाचन समितिले सोमवार निर्वाचन कार्यतालिका सार्वजनिक गरेको हो ।

जसअनुसार फागुन १० गते मतदाता नामावली प्रकाशन, दाबी विरोध १३ गते, दाबीविरोधमा जाँचबुझ १९ गते र मतदाताको अन्तिम नामावली प्रकाशन २० गते गरिनेछ । यस्तै फागुन २३ गते बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारी दर्ता गराउने समय तोकिएको छ ।

दाबी विरोध, जाँचबुझ र दोस्रो नामावली प्रकाशन फागुन २४ गते, नाम फिर्ता लिने र अन्तिम नामावली प्रकाशन २५ गते हुनेछ । मतदान चैत १९ गते बिहान ८ बजेदेखि अपरान्ह ४ बजेसम्म हुने निर्वाचन समितिले जनाएको छ ।

निर्वाचनबाट अध्यक्ष १, उपाध्यक्ष ८, महासचिव १, कोषाध्यक्ष १, सदस्यहरू १४ जना निर्वाचित हुनेछन् ।

प्रतिक्रिया दिनुहोस्