सत्तागठबन्धनको बैठक बस्दै,बढ्दै एमसीसी टेबुल हुने सम्भावना

काठमाडौं ।एमसीसीबारे निर्णय लिन
सत्ता गठबन्धनको बैठक आज पनि प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने भएको छ।

बिहान १० बजे बस्ने बैठकले प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्ने बिषयमा निर्णय लिने बताईएको छ। यसअघि पनि सत्ता गठबन्धनको एमसीसी केन्द्रीत बैठक पटक पटक बस्दै आए पनि सहमति जुट्न सकेको थिएन । तर आजको बैठकले भने सहमतिको ढोका खोल्ने अनुमान गरिएको छ।यसअघि एमसीसी संशोधनबिना टेबुल गर्नु नहुने अडानमा रहेका नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजबादी लचिलो बन्दै गएका कारण पनि सो अनुमान गरिएको हो।
त्यस्तै नेकपा एकीकृत समाजवादी पार्टीले भने एमसीसी संसदमा टेबुल हुन दिने तर पास हुन भने नदिने निर्णय गरेको छ । यसअघि उसले संसदमा टेबुल हुन नै नदिने रणनीतिमा थियो ।
सत्ता गठबन्धनकै अर्को दल जनता समाजवादी पार्टी जसपाले आधिकारिक धारणा बनाउन सकेको छैन । जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई भने एमसीसी पास गर्ने पक्षमा उभिदै आएका छन् । यद्यपि अध्यक्ष उपेन्द्र यादवले भने एमसीसीबारे निर्णय गर्न सकिरहेका छैनन् ।
उता सत्ता गठबन्धनको अर्को दल राष्ट्रिय जनमोर्चा भने एमसीसीको बिरोध गरिरहेको छ ।

