आजबाट औपचारिक रुपमै राजसंस्थाको मुद्दा छोड्दै कमल थापा

काठमाडौं।राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को एकता महाधिवेशनमा अध्यक्ष पदमा पराजित भएपछि पार्टी त्याग गरेको घोषणा गरेका कमल थापाले आजदेखि राजसंस्थाको मुद्दालाई औपचारिक रुपमै छोड्ने भएका छन्।

लाक्पा तामाङको अध्यक्षतामा गठित राप्रपा नेपालको नेतृत्व सम्हालेर आज पार्टी घोषणा गर्न लागेका थापाले हिन्दुराष्ट्रको मुद्दालाई अगाडि बढाउंदै राजसंस्थाको मुद्दा त्याग्न लागेका हुन।एकता महाधिवेशनमा लिङ्देनसंग अध्यक्षमा पराजित भएपछि थापाले त्यसको दोष पूर्बराजा ज्ञानेन्द्रलाई लगाउंदै आएका छन्।
प्रजातन्त्र दिवसको अवसर पारेर शनिबार बिहान साढे ११ बजे राष्ट्रिय सभा गृह, भृकुटीमण्डपमा थापाले नयाँ पार्टी घोषणा गर्न लागेपनि राप्रपा नेपालमा भने विवाद चुलिएको छ।लाक्पा तामाङ अध्यक्ष रहेको सो पार्टीका बहुमत केन्द्रीय सदस्यहरुले थापालाई अध्यक्ष बनाउने निर्णय विरुद्ध निर्बाचन आयोग र उच्च अदालत पाटनमा मुद्दा दायर गरेका छन् ।उनीहरूले बिधान बिपरित कार्य गरेको भन्दै तामाङलाई समेत पार्टीबाट निष्काशित गरेका छन् ।

