नेकपा एमाले सोलुखुम्बुको जिल्ला कमिटी बैठक फागुन १२ गते बस्ने

सोलुखुम्बु।नेपाल कम्युनिस्ट पार्टी (एमाले)जिल्ला कमिटी साेलुखुम्बुकाे दाेस्राे पुर्ण बैठक आगामी हप्ता बस्ने भएको छ।

आगामी हप्ता बिहिवार बस्ने बैठकले सचिवालय गठन र जिम्मेवारी बांडफांड लगायतका महत्त्वपूर्ण निर्णय गर्ने जिल्ला कमिटी सचिब आशकुमार राई ‘शिशिर’ ले जानकारी दिए।सातौं जिल्ला अधिबेशन सम्पन्न भएपछि दोश्रो पटक बस्न लागेको यो बैठक मूलतः जिम्मेवारी बांफडफांडमा केन्द्रित हुन्छ,सचिब राईले भने -‘आगामी बैशाख ३० गतेका लागि स्थानीय तह निर्बाचनको घोषणा भएका कारण त्यसको तयारीका सन्दर्भमा पनि बैठकमा छलफल गर्छौं।’
एमाले सोलुखुम्बुले यसअघि माघ २२ गतेका लागि बैठक बोलाएको थियो।तर कोरोना संक्रमण बढ्दै गएका कारण सो बैठक स्थगित भएको सोलु एमालेले जनाएको छ।

