आज पनि एमसीसी टेबुल नहुने,आईतवार फेरि बस्ने गरि टुंगियो गठबन्धन बैठक



काठमाडौं।एमसीसी सम्झौताका बिषयमा दलहरू आ-आफ्नै अडानमा कायम रहेपछि सत्ता गठबन्धनको बालुवाटार बैठक आइतबार फेरि बस्ने गरि स्थगित भएको छ।

बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा एमसीसीबारे अन्तिम निष्कर्ष निकाल्न भन्दै सत्तागठबन्धन दलको बैठक बसेको थियो। गठबन्धनमा आवद्ध दलमा एमसीसीबारे सहमति नजुटेपछि फेरि आइतबार बस्ने गरी बैठक सकिएको एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले जानकारी दिए ।

गठबन्धनको बैठकमा कुनै सहमति नजुटेपछि शुक्रबार बस्ने प्रतिनिधिसभामा एमसीसी टेबुल नहुने भएको छ । बालुवाटारमा गठबन्धनको बैठकमा भाग लिन जानुअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच अलग्गै बैठक भएको थियो ।

प्रतिक्रिया दिनुहोस्