कलंकीपछि कलङ्की–नागढुङ्गाको मुख्य सडकमाभेटियो शंकास्पद बस्तु,सेनाले गर्यौ निष्क्रिय

काठमाडौं।चन्द्रागिरि नगरपालिकास्थित ढुङ्गेअड्डामा शङ्कास्पद वस्तु फेला परेको छ । चन्द्रागिरि नगरपालिका– १५ ढुङ्गेअड्डाको मुख्य सडकमा शङ्कास्पद वस्तु फेला परेको हो ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले कलङ्की–नागढुङ्गाको मुख्य सडकमा आज बिहान २ बजेतिर उक्त वस्तु फेला परेको बताउनुभयो । उहाँले आम नागरिकलाई त्रास सिर्जना गर्नका लागि उक्त शङ्स्कास्पद वस्तु छाडिएको जानकारी दिनुभयो । उक्त वस्तुलाई अहिले नेपाली सेनाको टोलीले निस्क्रिय पारेको छ ।
शङ्कास्पद वस्तु भेटिएसँगै यस क्षेत्रमा ट्राफिक अस्तव्यस्त बनेकाे छ । नागढुङ्गा नाका भएर काठमाडौँ उपत्यका भित्रिने तथा काठमाडौँ बाहिर जाने सवारीसाधन बाटोमै रोकिएका छन् ।
यसअघि कलंकीमा पनि यस्तै शंकास्पद बस्तु फेला परेको थियो।
काठमाडौँ कलंकी भेटिएका शंकास्पद वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ । कलंकीको कालिका पेट्रोल पम्पनजिकै जेब्रा झोला र बोरामा भेटिएका प्रेसर कुकरलाई सेनाको विशेष टोलीले डिस्पोज गरेको हो ।
‘नो एमसीसी’ र तार जोडेर खतरा लेखिएका दुई वटा प्रेसर कुकर भेटिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता प्रहरी निरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए । उनकाअनुसार जेब्रा झोला र चामलको बोरामा भेटिएका प्रेसर कुकर डिस्पोज गर्दा एउटामा नुनजस्तो पदार्थ र एउटा खाली कुकर खाली रहेको भेटिएको छ ।[सांकेतिक तस्बिर]

