संसद अवरोधलाई एमालेले आजपनि निरन्तरता दिने

काठमाडौं।प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आज पनि संसद अवरोधलाई निरन्तरता दिनेभएको छ।

आफूले निष्कासन गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै निरन्तर संसद अवरोध गर्दै आएकाे एमालेले पूर्ववत अवस्थामै आफूहरुले संसद बैठक चल्न नदिने प्रमुख सचेतक भट्टराईको भनाइ छ।
एमालेले संसद बैठकअघि बोलाइएको कार्यव्यवस्था परामर्श समितिको बैठकमा पनि अनुपस्थित हुने भएको छ। प्रतिनिधि सभा बैठक दिउँसाे १ बजे बस्दैछ ।

