सत्तागठबन्धनको बालुवाटार बैठक सुरु,एमसीसीबारे सहमति हुने सम्भावना भने न्यून

काठमाडौं।अमेरिकी सहायता परियोजना एमसीसीको बिषयलाई लिएर दलहरूबीच दूरी बढी रहेका बेला सत्ता गठबन्धनको बैठक बालुवाटारमा सुरु भएको छ।

बिहीबार साँझ बसेको बैठक ठोस निष्कर्षमा पुग्न नसकेपछि शुक्रबार बिहान पुनः बैठक बसेको हो। दलहरु आ-आफ्नै अडानमा कायम रहेकाले एमसीसीमा सहमति जुट्ने सम्भावना कम छ ।
आजको बैठकबाट ठोस निर्णय हुने नेताहरुले बताएका छन्।आजै दिउँसो प्रतिनिधिसभाको बैठक समेत बस्ने भएकाले गठबन्धनको बैठकलाई महत्वका साथ हेरिएको छ।
सत्ता गठबन्धनको बैठक बस्नु अघि नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाका शीर्ष नेताहरुको बैठक बसेको थियो।बैठकले एमसीसी पारित गर्ने आफ्नो पुरानो अडानलाई निरन्तरता दिने निर्णय गरेको बताईएको छ।
बैठकमा बस्नुअघि माओवादी केन्द्रका अध्यक्ष दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव सहित झलनाथ खनाल, अशोक राई लगायतका नेताहरुको उपस्थिति थियो।

