बिहान खड्का र रिजाल,राती देउवा आफैं पुगे ओली निवासमा



काठमाडौं।बिहीबार बिहान एमाले अध्यक्ष केपी ओलीसँग छलफल गर्न नेताहरू ज्ञानेन्द्र बहादुर कार्की र मिनेन्द्र रिजाललाई पठाएका प्रधानमन्त्री शेरबहादुर देउवा राती आफैं बालकोट पुगेका छन् ।

निर्णायक भनिएको आजको सत्ता गठबन्धनको बैठकमा समेत एमसीसी सदनमा टेबुल गर्न सहमति नजुटेपछि त्यसबारे छलफल गर्न प्रधानमन्त्री देउवा बालकोट पुगेका हुन् ।

बिहान आएका खड्का र रिजालसंग नेताहरूसँग ओलीले प्रधानमन्त्रीले सहकार्य चाहेको अवस्थामा स्पष्ट प्रस्ताव आउनुपर्ने सन्देश पठाएका थिए । साँझ २ घण्टाको छलफलमा पनि एमसीसी टेबुल गर्ने विषयमा सहमति नजुटेपछि देउवा बालकोट पुगेका हुन् ।

प्रतिक्रिया दिनुहोस्