नेपाल प्रहरीमा थपियो तीन एआईजी दरबन्दी

काठमाडौं।सरकारले नेपाल प्रहरीमा तीन जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) को दरबन्दी थप गरेको छ ।बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको जनपदतर्फ तीन एआईजी थप्ने निर्णय गरेको हो ।
सरकारले तीन जना एआईजीको दरबन्दी थप गरेको महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री उमा रेग्मीले जानकारी दिइन् ।

तीन एआईजी थप भएसँगै प्रहरीमा एआईजीको संख्या ८ पुगेको छ । यसअघि प्रहरीमा ५ जना एआईजी छन् ।
थपिएका एआईजीको दरबन्दी प्रहरी प्रधान कार्यालयको प्रशासन विभाग, केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र प्रदेश समन्वय विभागमा रहने छ ।
थप भएको दरबन्दीमा बढुवा हुनका लागि डीआईजी पन्त, कार्की, धिरजप्रताप सिंह, रवीन्द्रबहादुर धानुक, उत्तमराज सुवेदीको लबिङ तीब्र छ । उनीहरुमध्ये पन्त र कार्की हालका महानिरीक्षक शैलेश थापा क्षेत्रीकै ब्याची हुन्।

