एमाले सांसद बानियाँबिरुद्द पक्राउ पुर्जी जारी



काठमाडौं।बलात्कारको आरोप लागेका नेकपा एमालेका नेता एवम् सांसद मोहन बानियाँविरुद्ध पक्राउ पुर्जी (वारेन्ट) जारी भएको छ । जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार अदालतले मंगलबार बानियाँविरुद्ध पक्राउ पुर्जी दिएको हो ।

एकसाताअघि जुम्लाकी ४० वर्षीया एक शिक्षिकाले सांसद बानियाँले आफूलाई बलात्कार गरेको भन्दै जिल्ला प्रहरी कार्यालय बाँकेमा जबरजस्ती करणीको किटानी जाहेरी दिएकी थिइन् । त्यसकै आधारमा पक्राउ पुर्जी जारी भएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रवक्ता डीएसपी मुधुसुदन न्यौपानेले बताए ।

उनले पक्राउ पुर्जी लिएलगत्तै बानियाँको खोजी सुरु गरेको बताए ।

प्रतिक्रिया दिनुहोस्