प्रतिनिधिसभा बैठक ६ गतेसम्मका लागि स्थगित



काठमाडौं। नेकपा एमालेका सांसदहरुले आज पनि अवरोध जारी राखेपछि प्रतिनिधिसभाको स्थगित भएको छ । एमाले सांसदहरुको नाराबाजीका बीच १४ मिनेट बसेर स्थगित भएको बैठक ६ फागुन शुक्रबार दिनको १ बजे सम्मका लागि स्थगित भएको हो।

आजको बैठक सुरु भएलगत्तै एमाले सांसदहरूले विरोध जनाएका थिए । प्रतिनिधिसभाको बैठक सुरु भएलगत्तै एमाले सांसदले आफ्नो सिटबाट उठेर रोस्टम घेराउ गर्दै नाराबाजी गरेका थिए । एमालेले आफूले कारबाही गरेका १४ सांसदलाई सभामुखले कारबाही नगरेको भन्दै एमालेले विरोध जनाउँदै आएको छ ।

आजको बैठकमा थारू आयोगको प्रतिवेदन पेस भएको छ । प्रतिवेदन प्रधानमन्त्री शेरबहादुर देउवाका तर्फबाट कानुन मन्त्री दिलेन्द्र बडूले पेस गरेका हुन् । त्यस्तै, सभामुख अग्निप्रसाद सापकोटाले शोक प्रस्ताव पारित गर्दै आजको बैठक अन्त्य भएको घोषणा गरे ।

प्रतिक्रिया दिनुहोस्