पक्राउ परेका अध्यक्ष बुढाथोकी लगायतलाई रिहा गर्न माओवादी केन्द्र समाजवादीको आग्रह
काठमाडौ । ५ बाम दल र दुई मोर्चाले घोषणा गरेको बन्दका क्रममा पार्टी अध्यक्ष कर्णजीत बुढाथोकी लगायत अन्य नेताहरु पक्राउ परेको
नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाजवादीले जनाएको छ।

पार्टी सचिब एबम् प्रबक्ता अरुण घिसिङले आज बिज्ञप्ति जारी गर्दै बन्दका क्रममा चावहिलबाट अध्यक्ष कर्णजित बुढाथोकी “सुशील”, वाग्मती प्रदेश इन्चार्ज क. मेघ बहादुर खत्री, मधेस प्रदेश इन्चार्ज जनक कामी सागर अनेरास्ववियु (क्रान्तिकारी) का संयाेजक क. कपिल सिजापती, नेपालगन्जबाट केन्द्रीय सदस्य क. सलमान राई, बाँके जिल्ला अध्यक्ष क.भगत लगायत सयौंको संख्यामा कार्यकर्ताहरु पक्राउ परेको जनाएका हुन।
राष्ट्रघाती एमसीसीलाई देउवा नेतृत्वकाे पाँच दलीय गठबन्धन सरकारले षड्यन्त्र पूर्ण ढंगले सदनमा टेबुल गर्ने कुचेष्टा गरेको विराेधमा नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र समाजवादी लगायत ५ दल र दुई माेर्चाले अाज फागुन ४ गते आह्वान गरेकाे नेपाल बन्दकाे क्रममा गिरफ्तार गरिएका अध्यक्ष लगायत सम्पूर्णलाई बिना सर्त रिहाइकाे जाेडदार माग गर्दै बिज्ञप्तिमा घिसिङले राष्ट्रघाती एमसीसीविरुद्ध एकजुट भई डटेर लड्न सम्पूर्ण नेपालीमा गरेका छन् ।

