एमसीसी टेबुल गर्ने निर्णयविरुद्ध भोलि नेपाल बन्द

काठमार्डौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहितका साना वाम घटकले भोलि नै नेपाल बन्द गर्ने घोषणा गरेका छन् ।

सरकारले एमसीसी सम्झौता संसद्मा अनुमोदनको लागि भोलि (बुधबार) को बैठकमा नै टेबुल गर्न लागेको भन्दै नेपाल बन्द घोषणा गर्ने अन्य दलहरुमा ऋषि कट्टेलको नेकपा, मोहन बैद्यको नेकपा क्रान्तिकारी, आहुतिको वैज्ञानिक समाजवादी, कर्णजित बुढाथोकीको नेकपा (माओवादी केन्द्र) लगायत छन्।
सरकारले भोलि नै एमसीसी पास/फेलको लागि संसद्मा टेबुल गर्ने तयारी गरेपछि वाम घटकले आन्दोलनको तयारी थालिसकेका छन् ।

