युवा संघले गर्यो सडकमै ‘प्रतिनिधिसभा बैठक’

काठमाडौं । नेकपा (एमाले)को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले सभामुख अग्नि सापकोटाको राजनीमा माग गर्दै सडकमा सांकेतिक प्रतिनिधिसभाको बैठक सञ्चालन गरेको छ ।

नयाँ बानेश्वरमा प्रतिनिधिसभाको सांकेतिक बैठक गरेर युवा संघले सभामुखको गतिविधिको विरोधसहित उनको राजनीमा माग गर्दै व्यङ्ग्यात्मक प्रदर्शन गरेको गरेको हो ।
प्रतिनिधिसभाको एमालेले गरेको विरोधजस्तै उनीहरूले सांकेतिक प्रतिनिधिसभाको बैठकमा ‘गैर सांसदलाई संसद्मा निषेध गर, पार्टी फुटाउने षड्यन्त्र निषेध गर, संवैधानिक सर्वोच्चता कायम गर, संसदीय मर्यादा उल्लंघन गर्ने सभामुख राजीनामा दे’ जस्ता नारा लगाएर विरोध गरेका थिए ।
युवा संघका अध्यक्ष किरण पौडेलले अहिले समाभुखलाई जोगाएर एमससीसीलाई अघि बढाउन प्रधानन्यायाधिश चोलेन्द्र शमशेर जबरामाथि महाअभियोग लगाइएको बताए ।
सभामुखले पार्टी फुटाउन भूमिका खेलेको र सत्तापक्षलाई मात्र सहयोग गरेको भन्दै एमालेले निरन्तर प्रतिनिधिसभा बैठक अवरोध गर्दै आएको छ ।

