अमेरिकाले नेपालका नेतालाई कुनै खालको धम्की दिएको छैन : राजदूत बेरी




काठमाडौं।अमेरिकी राजदूत र्या‍न्डी बेरीले अमेरिकाले मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी)का सवालमा नेपालका नेताहरूलाई कुनै पनि खालको धम्की नदिएको बताएका छन्।

सोमबार केही पत्रकारसँग कुराकानी गर्दै राजदूत बेरीले तत्काल एमसीसी पारित गर्न अमेरिकाले धम्की दिएको भनि आएको विषय पूर्णरूपमा गलत भएको स्पष्टीकरण दिए।

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लूले हालै प्रधानमन्त्री शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग टेलिफोन संवाद गरेका थिए।

त्यस क्रममा उनले नेपाली नेताहरूलाई सम्बन्ध पुनर्विचार गर्ने चेतावनी दिएको र गैरकूटनीतिक ढंगले कुरा गरेको विषय बाहिर आएको थियो।

प्रतिक्रिया दिनुहोस्