माग पूरा नभएसम्म एमालेले संसद अवरोधलाई निरन्तरता दिने

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको संसदीय दल बैठकले प्रधानन्यायाधीशबिरुद्ध ल्याइएको महाअभियोगको प्रतिबाद स्वरुप अन्य चार न्यायाधीशबिरुद्ध महाभियोग लगाउने बिषयमा कुनै निर्णय नगरी सकिएको छ ।

बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग, एमसीसीसहित पछिल्लो राजनीतिक घटनाक्रममा विषयमा छलफल भएको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए ।
‘अहिलेको गठबन्धनले दर्ता गरेको प्रस्तावलाई कसरी हेर्ने ? एमसीसीलाई कसरी हेर्ने ? भन्ने लगायतका विषयमा छलफल भएको छ ।’ प्रमुख सचेतक भट्टराईले भने । त्यसैगरी आफ्ना मागहरु पूरा नभएसम्म आफूहरुले संसद अवरोधलाई निरन्तरता दिने उनको भनाइ रहेको छ ।
‘हाम्रा मागहरु पूरा नभएसम्म संसदको अवरोध कामय नै रहन्छ । ’उनले भने ।

