गठबन्धन सरकारकै कारण एमसीसी सम्झौता बिथोलिएको एमाले वरिष्ठ उपाध्यक्ष पोखरेलको भनाई
बिराटनगर।नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले वर्तमान सरकार सत्तामा बसेर एउटा कुरा गर्ने, कार्यकर्तातर्फ हेरेर अर्को कुरा गर्ने र विदेशीलाई अर्को किसिमको चिठी पठाउने गरेका कारण एमसीसी सम्झौता गिजोलिएको पनि बताएका छन्।

सरकारले अमेरिकी सहायता परियोजना मिलेनियम च्यालेन्ज कर्पाेरेशन (एमसीसी) प्रतिनिधि सभामा एमसीसी पेश गरेपछि एमालेले आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्ने बताउंदै शनिवार विराटनगरमा संचारकर्मीसँगको कुराकानीमा उनले सरकारलाई एमसीसी सम्झौता संसद्मा टेबुल गर्नसमेत आग्रह गरे।मुलुकको अहितमा कुनै पनि सम्झौताको पक्षमा एमाले नलाग्ने उनले स्पष्ट पारे।
गठबन्धन सरकारमा पनि बस्ने र सडकमा पनि विरोध गर्ने कार्य जायज नभएको पनि उनको भनाइ छ । साथै, तोकिएको समयमा स्थानीय तहको निर्वाचन गराउन सरकारलाई आग्रह समेत उनले गरे ।

