२४ लाख डोज खोप कहाँ गयो? हिसाब देखाउनु पर्छ : ओली




काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार कोरोना महामारीप्रति गम्भीर नभएको आरोप लगाएका छन् ।

शुक्रबार नेकपा एमाले स्थानीय तह निर्वाचन तयारी कार्यक्रमको उद्घाटन गर्दै ओलीले महामारीका बेला २४ लाख खोप हराएको विषयमा नैतिक जिम्मेवारी लिएर स्वास्थ्यमन्त्री तथा जनसंख्या मन्त्री विरोध खतिवडाले राजीनामा दिनुपर्ने समेत बताए।

‘२४ लाख डोज सानातिना कोठामा अट्दैन। ट्रकमा अड्दैन। कहाँ गयो त्यत्रो खोप? यस्तो कुरामा मन्त्रीले राजीनामा दिँदैन। कोही जिम्मेवार हुँदैन। कसैले प्रश्न उठाउँदैन,’ ओलीले थपे, ‘२४ लाख डोज झ्वाम्म खायो। कुनै अप्ठेरो छैन उनीहरूलाई। २४ लाख डोजको हिसाबकिताब चाहियो। कसैले पनि झ्वाम्म त्यत्रो खोप खान पाउँदैन।’

ओलीले सत्ता गठबन्धनका नेताहरूमा धोकापूर्ण र दुईजिब्रे चरित्र देखा परेकोसमेत आरोप लगाएका थिए। देश उल्टोबाटोमा हिँडेको समेत उनको आरोप थियो।

प्रतिक्रिया दिनुहोस्