एसईई परीक्षा बैशाख ९ गतेदेखि हुने



काठमाडौ।राष्ट्रिय परीक्षा बोर्डले यस बर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) २०७९ वैशाख ९ गतेदेखि गर्ने निर्णय गरेको छ।

बुधबार बसेको राष्ट्रिय परीक्षा बोर्डको बैठकले वैशाख ९ देखि २० गतेसम्म परीक्षा सञ्चालन गर्ने निर्णय गरेको हो। कोरोना महामारीका कारण पढाइ प्रभावित भएकाले बोर्डले एक महिना ढिलोगरी परीक्षा तालिका तय गरेको हो।

सरकारले आगामी वैशाख ३० गते स्थानीय तहको निर्वाचन तय गरेकाले त्यसअघि नै परीक्षा गरिसक्न वैशाख ९ तोकिएको बोर्डले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्