स्रोत नखुलेको ७० लाख नगदसहित बालाजुबाट एक पक्राउ

स्रोत नखुलेको ७० लाख नगदसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ।

मंगलबार दिउँसो स्रोत नखुलेको रकमसहित बालाजु बाइपासबाट एक जनालाई पक्राउ गरेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रहरी उपरीक्षक सन्तोषसिंह राठौरले जानकारी दिए।
नुवाकोट घर भई ककनी गाउँपालिका(३ मा बस्ने २९ वर्षीय नवराज ढुंगानालाई पक्राउ गरेको हो।
गोप्य सूचनाको आधारमा रानीपोखरीबाट खटिएको सादा पोशाकको टोलीले ढुंगानालाई फेला पारेको थियो।
‘शंकास्पद रूपमा देखिएका उनलाई बाटोमा हिडिँरहेको बेलै पक्राउ गरेका हौं,ु प्रहरी उपरीक्षक राठौरले भने।
उनीबाट प्रहरीले ७० लाख नगद बरामद गरेको छ।
राठौरका अनुसार उनी हुन्डीका कारोबारी भएको आशंका गरिएको छ। यसबारेमा थप अनुसन्धान गर्ने काम भइरहेको प्रहरीले जनाएको छ।
थप अनुसन्धानको लागि ढुंगानालाई महानगरीय प्रहरी वृत्त बालाजुमा बुझाएको छ।

