कांग्रेस जिल्ला कार्यसमितिको पहिलो बैठक : संगठन बिस्तार अभियान चलाउने निर्णय



सोलुखुम्बु।नेपाली कांग्रेस सोलुखुम्बुले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्बाचनलाई मध्यनजर गर्दै प्रत्येक वडामा संगठन बिस्तार अभियान सन्चालन गर्ने निर्णय गरेको छ।

पछिल्लो पटक जिल्ला अधिबेशनबाट निर्बाचित जिल्ला कार्यसमितिको मंगलबार सम्पन्न पहिलो बैठकले जिल्लाका ५२ वटै वडामा कार्यसमिति, गाउँ रनगर कार्यसमितिलाई अबिलम्ब बैठक गरि टोल समिति र निर्बाचन बुथ समिति गठन गर्न पत्राचार गर्ने सहित सो निर्णय गरेको हो।

केन्द्रीय सदस्य आङगेलु शेर्पाको उपस्थिति तथाजिल्ला कार्य समितिका सभापति नाम्गेल जाङ्बु शेर्पाको अध्यक्षतामा सम्पन्न बैठकले अत्यधिक बहुमतका साथ केन्द्रीय सदस्यमा निर्बाचित पूर्बमन्त्री बलबहादुर केसी र पूर्ब जिल्ला सभापति आङगेलु शेर्पालाई बधाई दिंदै जिल्ला अधिबेशनमा दोश्रो मतसहित पराजित सभापतिका प्रत्यासी पूर्बसभापती बिनोदकुमार बस्नेतलाई सभापतिको दोश्रो बरियतामा रहने गरि नेपाली कांग्रेसको बिधान अनुसार वरिष्ठ सदस्यमा मनोनयन गर्ने निर्णय गरेको पनि सचिब भलाकाजी कुलुङद्वारा हस्ताक्षरित बिज्ञप्तिमा जनाईएको छ।

बैठकले जिल्लामा पार्टीको संगठन बिस्तारका लागि महत्वपूर्ण योगदान गर्ने ब्यक्तित्वहरुको नाम र हालसम्म पार्टीले गरेका गतिविधिहरुको अभिलेखिकरणका लागि पार्टीको आधिकारिक वेबसाईट तयार गरि सूचना प्रशारण गर्ने निर्णय समेत बैठकले गरेको जनाईएको छ।केन्द्रीय सदस्य आङगेलु शेर्पाका पिता कांग्रेस सोलुखुम्बुका सँस्थापक जिल्ला सदस्य नुर्बु वाङ्डा शेर्पाको निधनमा दुस्ख व्यक्त गर्दै ४९ औं दिनको पुण्य तिथिमा पार्टीको तर्फबाट राष्ट्रिय दैनिक पत्रिकामा श्रद्धाञ्जली प्रकाशन गर्ने निर्णय समेत बैठकले गरेको सचिब कुलुङद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ।

बैठकले स्वैच्छिक सहयोग जुटाई पार्टी कार्यालय ब्यबस्थापन गर्ने जिम्मा जिल्ला सभापतिलाई दिने र जिल्ला कार्यासमितिका पदाधिकारी र सदस्यहरुले वहालाई सहयोग गर्ने निर्णय भएको पनि सोलु कांग्रेसले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्