माओवादीलाई घेराबन्दी गरेर सखाप पार्ने प्रयास भइरहेको प्रचण्डको आरोप



नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डुले ढिलो(छिटो माओवादी क्रान्तिका सहयात्री एक ठाउँमा हुनुको कुनै विकल्प नरहेको बताएका छन् । परिवर्तनबाट प्राप्त उपलब्धिलाई बचाउन र नेपाली जनताको भाग्य भविष्यका लागि अझै लड्दै जान पनि माओवादी शक्ति एकजुट हुन आवश्यक भएको उनले बताए ।

 

खुमलटारमा आज बिहान विप्लव नेतृत्वको नेकपाका जुम्ला इन्चार्ज चन्द्रवीर तरुवालगायतलाई पार्टी प्रवेश गराउँदै प्रचण्डले माओवादीलाई देशभित्र र बाहिरबाट प्रतिक्रियावादीले घेरा हालेर सखाप गर्न खोजेको बताए ।

‘माओवादीलाई देशभित्रका र देश बाहिरका प्रतिक्रियावादी कसरी घेरा हालेर सखाप पार्न सकिन्छ भनेर लागिरहेको छन्,’ उनले भने, ुहामी यति ठूलो परिवर्तनका बाहक विघटन वा विभाजन तिर जाँदा प्रतिक्रियावादीलाई धेरै ठूलो फाइदा हुन्छ र जनतालाई धेरै ठूलो घाटा हुन्छ ।’

उनले अहिले विस्तारै विभाजनका घाउ बिर्सिँदै र देशको वस्तुगत अवस्थालाई मनन गर्दै माओवादी एक ठाउँमा केन्द्रित हुँदै गएको बताए ।

‘जनतासँग जोडिएर र माओवादी आन्दोलनलाई केन्द्रित गरेर हामी विजयी हुन्छौं । हामीलाई कसैले परास्त गर्न सक्दैन’ उनले भने । अध्यक्ष प्रचण्डले नवप्रवेशी नेता तथा कार्यकर्तालाई पार्टीमा उचित जिम्मेवारी दिइने पनि बताए ।

प्रवेश गर्नेहरूका तर्फबाट रवीकिरणले नेपाली कम्युनिस्ट आन्दोलनलाई अगाडि बढाउन अध्यक्ष प्रचण्ड नै सक्षम रहेको बताउँदै अन्य कोहीले रहर गरेर नहुने बताए । अबको समाजवादी क्रान्तिका लागि अध्यक्ष नेतृत्वको पार्टीमा आफूहरू घर फर्किएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस्