मन्त्रीपरिषद बैठक : स्थानीय निर्बाचन बैशाख ३० गते एकै चरणमा हुने
काठमाडौं । सरकारले स्थानीय तहको निर्वाचनमा वैशाख ३० गते गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको हो ।

मन्त्रिरिषद् स्रोतका अनुसार एकै चरणमा स्थानीय निर्वाचन गर्ने निर्णय भएको हो।यसअघि जेठ ४ मा स्थानीय निकाय निर्वाचन गर्नेबारे प्रधानमन्त्री शेरबहादुर देउवाले निर्वाचन आयोगसँग जानकारी लिएका थिए।

