प्रधानमन्त्री देउवा, ओली र प्रचण्डबीच बालुवाटारमा छलफल जारी
काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री शेरबहादुर देउवा, प्रमुख प्रतिपक्ष नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र सत्ता गठबन्धनको प्रमुख एक घटक, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल शुरु भएको छ।

प्रधानमन्त्री देउवाको निम्तोमा एमाले अध्यक्ष ओली आइतबार अपराह्न बालुवाटार पुगेका हुन्। तीन नेताबीच अमेरिकी सहयोग नियोग, मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सँगको सम्झौता र आसन्न स्थानीय निर्वाचनबारे छलफल हुने जनाइएको छ।
खासगरी एमसीसीको विषयले सत्ता गठबन्धनका दलहरुबीच विवाद देखापरेका बेला प्रधानमन्त्री देउवाले प्रतिपक्षी नेतालाई समेत छलफलका लागि बालुवाटार बोलाएका बोलाएका हुन्।
प्रधानमन्त्रीबाट हटेपछि ओली पहिलोपटक बालुवाटार पुगेका हुन्। यसअघि प्रधानमन्त्री देउवा नै बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग छलफल गरेका थिए।

