एमसीसीबिरुद्द व्यापक प्रदर्शनको तयारी



काठमाडौं । मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौताको विरोधमा माघ २६ गते काठमाडौंमा जनप्रदर्शन हुने भएको छ ।

एमसीसीको विरोधमा उत्रिएका विभिन्न राजनीतिक पार्टीले सोही दिन जनप्रदर्शन गर्ने भएका हुन् । शनिवार नेकपा मालेका महासचिव सीपी मैनालीको अध्यक्षतामाबसेको २२ वटा राजनीति पार्टी, मोर्चा, अभियान र संगठनहरुको बैठकले माघ २६ गते काठमाडौंमा जनप्रदर्शन गर्ने निर्णय गरेको हो । उक्त बैठकले विभिन्न ४ बुँदे निर्णय गरेको हो ।

प्रतिक्रिया दिनुहोस्