माघ २७ गतेका लागि बोलाइयो कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन बैठक बोलाइएको छ। पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार बैठक माघ २७ गतेका लागि बोलाइएको हो।

ुनेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक माघ २७ गते दिउँसो २ बजे पार्टीको केन्द्रीय कार्यालय, बी.पी. स्मृति भवन, वी.पी.नगर, ललितपुरमा बस्ने भएको छ। उक्त बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यहरुको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिन्छ, उनले भने।
बैठकमा मुख्यतः दुई एजेन्डामा छलफल हुने बताइएको छ। म्याद समाप्त भएका भ्रातृ एवं शुभेच्छुक संस्थाहरुका सम्बन्धमा र पार्टीको जिल्ला अधिवेशन हुन बाँकी रहेका जिल्लाहरुका सम्बन्धमा छलफल हुने मुख्य सचिव पौडेलले बताए।

