सोलुखुम्बु : भ्रष्टाचार गरेको आरोपमा बिप्लव कार्यकर्ताद्वारा सब इन्जिनियरमाथि कालोमोसो र जुत्ताको माला



सोलुखुम्बु। शिक्षा समन्वय इकाइ सोलुखुम्बुका सब इन्जिनियर पवन कुमार यादवलाई विप्लव कार्यकर्ताले कालोमोसो र जुत्ताको माला सहित हातपात गरेका छन् । सव इन्जिनियर यादवले विद्यालय भवन निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाउँदै सोमबार दिउँसो कार्यालयमै पुगेका विप्लव निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन ९क्रान्तिकारी०का कार्यकर्ताले यादवलाई हातपात गर्दै कालो मोसो र जुत्ताको माला लगाइदिएको प्रत्यक्षदर्शीले बताएका छन् ।

मास्क लगाएर आएका अपरिचित युवाहरूको समूहले कार्यालयमा नाराबाजीसहित आफुलाई हातपात गर्दै कालोमोसो र जुत्ताको माला लगाइदिएको पीडित यादवको भनाइ छ। हातपातपछि विद्यार्थी युनियनले कार्यालयको मुख्यद्वारमा प्रेस विज्ञप्ती समेत टाँस गरेको छ ।

युनियनका संयोजक एकराज राईद्वारा हस्ताक्षर गरिएको उक्त विज्ञप्तीमा शिक्षा समन्वय इकाइका सव इन्जिनियरहरु पवन कुमार यादव र नविन कुमार सिंले जिल्लाको महाकुलुङ गाउँपालिका क्षेत्रको विद्यालय भवनहरु निर्माण गर्दा आर्थिक भ्रष्टाचार गरेको आरोप लगाइएको छ ।

आफुहरुले सो रकम विद्यालयलाई फिर्ता गर्न पटकरपटक आग्रह गरेपनि बेवास्ता गरेका कारण सांकेतिक रुपमा कारबाही गरेको विज्ञप्तीमा भनिएको छ । साथै उक्त रकम तत्काल फिर्ता नगरे भौतिक कारबाही गर्ने समेत विज्ञप्ती मार्फत चेतावनी दिइएको छ ।
(सांकेतिक तस्वीर)

प्रतिक्रिया दिनुहोस्