बाबुराम भट्टराई भन्छन्,- ‘आलटाल नगरी एमसीसी पारित गर्नुपर्छ’
काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा)का नेता बाबुराम भट्टराईले एमसीसी सम्झौता पारित गर्नुपर्ने बताएका छन् ।

सामाजीक संजालमा लेख्दै उनले एमसीसी सम्झौतालाई आलटाल नगरी पास गर्नुपर्ने बताएका हुन् ।
उनले लेखेका छन्, ‘mccसम्झौतालाई आळटाल नगरी सर्वसम्मतिले संसदबाट पारित गरौं१ सबै एकमुख भएर जनतालाई बुझाऊॅ१ यही वहानामा प्रतिगमनविरोधी गठबन्धन नटुटोस् । यो प्रकरण नेपालका रूढिवादी ‘कम्युनिष्ट’कालागि घॉटीको हाड नबनोस्१ देश थप कंगाल बनेर जनसॅख्या अरू नघटोस्१ शक्तिकेन्द्रहरूको चलखेलबाट देश बरबाद नहोस्!’

